१०/१२ वर्षका बालबालिका भन्नासाथ तपाईको दिमागमा आउने तस्वीर हो, अक्सर टेलिभिजनमा भुम्मिने, फुटवलमा रमाउने वा भिडियो गेममा लिन बालकको तस्वीर आउँछ ।
तर, हामी आज तपाईलाई भेटाउँदै छौं यस्तो उद्यमशील बालकलाई जसले ११ बर्षको उमेरमा एक फेसन कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर धमाधम ब्यापार सम्हालिरहेका छन् । कुनै पारिवारिक बिरासत थामेर हैन, यी बालकले आफ्नै शौखले यस्तो बिजनेस सुरु गरे र सीइओ बने ।
अमेरिकाको टेनसी राज्यका मो ब्रिज ‘मोज बोज’ कम्पनीका सीइओ हुन् । उनको कम्पनीले ‘बो टाई’ उत्पादन गर्छ । यो कम्पनीमा उनी आफै बिभिन्न रंग र शैलीका बो टाई उत्पादन गर्छन र स्टोरहरुमा सप्लाई गर्छन् । उनलाई सघाईरहेका छन उनकी आमा र हजुरआमाले ।
३ बर्षको उमेरदेखि नै उनको ध्यान बो टाईतिर मोडियो । उनी बिभिन्न तरिकाले टाई लगाउने अभ्यास गर्थे । उनको सिर्जनशीलतामा आमाले कुनै बाधा पुर्याइनन् । उनको रुची देखेर हजुरआमाले बो टाई सिलाउने तरिका सिकाइदिन, उनी बिस्तारै पारङ्गत हुँदै गए ।
सन् २०११ बाट त उनले मो बोज टाइ कम्पनी नै सुरु गरे । जहाँ यी ११ बषिर्य बालक पनि काम गर्छन् । उनले बनाएका टाइ स्थानीय स्टोरहरुमा २५ देखि ६० डलरसम्ममा विक्रि हुन्छन । टाइ बेचेरै उनले हजारौं डलर कमाइसकेका छन् । २० वर्षको नहुँदासम्म यो पेशा नछाड्ने भन्दै उनले त्यसपछि फेसन विजनेश स्कूलमा औपचारिक शिक्षा लिने र फेसन बिजनेसमै लाग्ने बताए ।
उनले एक टीभी अन्तरवार्तामा भनेका छन- आइ एम दि नेक्स्ट बेष्ट थिङ ।’