भारतको राजधानी दिल्लीमा भएको विधानसभा निर्वाचनमा सर्वसाधारणको दल भनेर चिनिएको आम आदमी पार्टिले अप्रत्यासीत सफलता हासिल गरेको छ।
भ्रष्टाचार विरोधी अभियान्ताहरुले जन्माएको उक्त पार्टी पहिलो पटक चुनाव लडेको हो र उसले मुख्य दल प्रति जनतामा व्याप्त वितृष्णाबाट फाइदा उठाएको देखिन्छ।
दिल्लीमा सो दलले ७० मध्ये २८ सिट जितेपछि सतारुढ कांग्रेस पार्टी झन्डै झन्डै बढारीएको छ र सबैभन्दा ठुलो दल बनेको भारतिय जनता पार्टीलाई समेत चुनौती खडा गरि दिएको छ।
कुल खसेको मध्ये ३० प्रतिशत भन्दा बढि भोट आम आदमी पार्टीले पाएपछि राजधानी दिल्लीमा त्रिशंकु संसद बन्नेभएको छ जसको कारण फेरी चुनाव गराउनुपर्ने बाध्यता समेत आउनसक्छ।
विकल्प
सो दलको सफलतालाई एक जना विश्लेषकले राम्रो विकल्पको खोजी गरिरहेका सर्वसाधारणले व्यक्त गरेको खरो जनमत भनेका छन्।
"आम आदमी पार्टी शहरीया मध्यमवर्गले कल्पना गरेको राजनीतिक दल हो"
प्रताप भानु मेहता, विश्लेषक
राजनीतिमा प्रवेश गर्न निक्कै कठिन मानिने भारतमा एक बर्ष मात्र पुरानो उक्त दलले देखाएको शानदार परिणामलाई उसका आलोचकहरुले समेत स्विकारेका छन्।
कुनै जमानामा निक्कै कम बोल्ने प्रशासकको छवि बनाएका अरविन्द केजरीवाल लोकप्रिय र शक्तिशालि नेता बनेर उदाएका छन् जसले चौथो पटक सरकारको बागडोर सम्हाल्ने आकंक्षा लिएकी मुख्य मन्त्री शिला दिक्षितलाई हारको स्वाद चखाए।
सन् १९८० को दशकमा दक्षिण आन्द्र प्रदेश राज्यमा तेलगु देशम पार्टीको उदय भएको बाहेक आम आदमी पार्टीले पहिलो पटक चुनावमा लड्दा प्राप्त गरेको समर्थनलाई सबैभन्दा शनशनिपुर्ण मानिएको छ।
विश्लेसकहरुका अनुसार आमआदमी पार्टीले जनतासामू आफूलाई भ्रष्टाचार, गैरजिम्वेवार राजनीतिकर्मी र उच्च मंहगीको विपक्षमा उभिएको विश्वस्निय विकल्पका रुपमा प्रस्तुत गरेको थियो।
त्यसकै कारण भारतीय जनता पार्टीलाई आफ्नो मुख्यमन्त्रीको उम्वेदवार फेर्नू परेको थियो र उसले ७० वटा निर्वाचन क्षेत्रका लागी फरक फरक घोषणापत्र तयार गरेको थियो।
भाजपाले इमान्दार र जनताको पक्षमा राजनीति गर्ने प्रतिवद्घता व्यक्त गरेको थियो।
विश्लेषक प्रताप भानु मेहताका अनुसार आम आदमी पार्टी शहरीया मध्यमवर्गले कल्पना गरेको राजनीतिक दल हो।
उनको भनाई छ, “आम आदमी पहिलो पार्टी हो जसले नयाँ तरीकाको प्रयोग गरेर मानिसहरुलाई प्रभावित पार्यो। चुनाव खर्च जुटाउने उसको तरीका पारदर्शी थियो र त्यो जनताले दिने दानमा आधारित थियो।”
पृथक
आम आदमी पार्टीको उदयलाई भारतमा जरा गाडेको पहिचान, जाति, आशिर्वाद चाप्लुसी, वंश परम्परा र अकुत सम्पतिको राजनीति माथीको महत्वपुर्ण विजयका रुपमा लिइएको छ।
"मलाई लाग्दैन दिल्लीवासीहरुले साँचो अर्थमा वैकल्पिक दललाई मत दिएका हुन्, यो मत पुराना दलहरुको कार्यशैली प्रतिको आक्रोश र विरोधको परीणाम हो "
मोहन गुरुस्वामी, विश्लेषक
विगतमा निर्माण भएका नयाँ दलहरु या त क्षेत्रिय या पहिचानको मुद्दा लिएर उत्पति भएका थिए तर आम आदमी पार्टीले ती दुवै मुद्दाबाट आफूलाई अलग राखेको थियो।
चुनाव लड्दा उसले पारदर्शी रुपमा सार्वजनिक स्थलमा चन्दा संकलन गरेको थियो र विभिन्न स्थानमा जागिर गरिरहेका र व्यापारमा संलग्नहरुले केही समय कामबाट छुट्टी लिएर दलको लागी स्वंयसेवकको भुमिका खेलेका थिए।
कुचोलाई आफ्नो चुनाव चिन्ह बनाएको उक्त दलले समावेशी निर्णय प्रकियाको शुरुवात गर्ने देखी बिजुलीको महसुल घटाउने र निशुल्क पानी बाँड्ने प्रतिवद्घता गरेको छ।
एक जना विश्लेषक मोहन गुरुस्वामीले भने, “मलाई लाग्दैन दिल्लीवासीहरुले साँचो अर्थमा वैकल्पिक दललाई मत दिएका हुन्। यो मत पुराना दलहरुको कार्यशैली प्रतिको आक्रोश र विरोधको परीणाम हो।”
भारतका मुख्य पार्टीहरुले आफूलाई सुधारेनन् भने उनीहरुले कल्पना गरेभन्दा द्रुत गतिमा सर्वसाधारणको दल भनेर चिनिएको आम आदमी पार्टी शक्तिशाली राष्ट्रिय राजनीतिक दल बन्नसक्छ