Headlines News :

NEWS

NEWS
Home » » ‘गोप्य सुचना संकलन प्रक्रियाको समिक्षा

‘गोप्य सुचना संकलन प्रक्रियाको समिक्षा

अमेरिकामा राष्ट्रिय सुरक्षा निकाय (एनएसए) को सुचना संकलन गर्ने तौर-तरिकाबारे समिक्षा गर्न राष्ट्रपति ओबामाले गठन गरेको समितिले अमेरिकीहरुको फोन र इन्टरनेट प्रयोगबारेका जानकारी संग्रह गर्ने वर्तमान परिपाटीको अन्त्य गरिनु पर्ने सुझाव दिएको छ।
सो समितिले भनेको छ तथ्याङ्कहरुको खोजी गर्न कुनै अदालतले अनुमति दिनु पर्छ।
ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले सरकारले सुझावहरुको समिक्षा गर्ने बताए।
“यो एकदमै लामो प्रतिवेदन छ, यस्लाई सरकारले गम्भीरताप‍ूर्वक समिक्षा गर्ने छ।”
“जनवरीमा यो प्रतिवेदनको समिक्षा सकिएपछि राष्ट्रपतिले निर्णय गर्नेछन् र त्यसबारे जानकारी दिने छन्।”
"जनवरीमा यो प्रतिवेदनको समिक्षा सकिएपछि राष्ट्रपतिले निर्णय गर्नेछन् र त्यसबारे जानकारी दिने छन्"
जे कार्ने, प्रवक्ता, ह्वाइट हाउस
भूतप‍ूर्व एनएसए कर्मचारी एडवर्ड स्नोडेनले सुचनाहरु चुहाएपछि सो समिति गठन भएको थियो।

सुझावहरु

आफ्नो ४६-बुँदे सुझावमा पाँच-सदस्सीय सो समितिले एनएसएले अमेरिकी फोन कम्पनीहरुले संग्रह गर्ने फोन सम्बन्धी डेटालाई संकलन गरेर संग्रह गर्ने कार्य बन्द गर्नुपर्ने भनेको छ।
एनएसएका त्यस्ता गतिविधि चुहाउने भूतपूर्व एनएसए कर्मचारी एडवर्ड स्नोडेन भागेर रुशमा बसिरहेका छन्।
समितिले आफ्नो प्रतिवेदनमा गोप्य विद्युतिय सुचनाहरु संकलन गर्नको निम्ति वैदेशिक सुचना अनुगमन सम्वन्धी अदालतको अनुमति लिनु पर्नेमा जोड दिएको छ।
निश्चित सुचना संकलन गर्नुपर्ने पर्याप्त आधार भएमा मात्रै गोप्य सुचना संकलन गर्ने सुरक्षा निकायले सम्वन्धित अदालतको अनुमति लिनु पर्ने सुझाव समितिले दिएको छ।
अमेरिकी सुरक्षा निकायले गोप्य सुचना संकलन गर्ने तौर-तरिकाबारे अन्तराष्ट्रिय रुपमै आलोचनाहरु भएपछि राष्ट्रपति ओबामाले गत अगष्टमा सो समितिको गठन गरेका थिए।
Share this article :

Catwidget1

LOVE

topads

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. SAARANEWS - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template